७ असार, काठमाडौं।

नेपाली सेनाले रुसबाट खरिद गरेर ल्याएको २ वटा एमआइ सेभेन्टिन हेलिकप्टर सोमबारदेखि सञ्चालनमा ल्याएको छ। सैनिक जनसम्पर्क निर्देशनालयमा भएको कार्यक्रममा प्रधानमन्त्री सुशिल कोईरालाले विधिवत् रुपमा शुभारम्भ गरेका छन्।

मन्त्रिपरिषद्को २०६९ साल फागुन १४ गतेको निर्णय अनुसार नेपाली सेनालाई सुरक्षा र प्रतिरक्षाको लागि आवश्यक २ ओटा हेलिकप्टर खरिद गर्नका लागि एमआइ सेभेन्टिन वन भी हेलिकप्टर खरिद सम्बन्धी कार्यविधि पारीत भएको थियो।

PM Inspects New Euro Copterतस्बिर राससः प्रधानमन्त्री सुशिल कोइराला रसियामा बनेको यो नयाँ हेलिकप्टर निरिक्षण गर्दै

Nepal army personnel pack ups bullets chain

तस्बिर राससः हेलिकप्टर शुभारम्म कार्यक्रममा नेपाली सेनाका जवानहरु ‘बुलेट चेन’ प्रदर्शन गर्दै

night vision helmets nepal army -

तस्बिर राससः राती पनि देख्न सकिने ‘नाइट भिजन हेल्मेट’

रुसको सरकारी स्वामित्वमा रहेको हेलिकप्टर आपूर्ति गर्ने अधिकार प्राप्त एक मात्र कम्पनी ज्वाइन्ट स्टक कम्पनीसँग सेनाले हेलिकप्टर किन्न २०७० साल ४ गते संझौता गरेको थियो ।

नेपाली सेनाको सामरिक क्षमताको लागि एक रणनीतिक साधनको रुपमा रहने, हाल नेपाली सेनाले प्रयोग गर्दै आईरहेको ठुलो हवाई साधनहरुसंग एकरुपता आउने, नेपालमा नै उपलव्ध पाईलटहरुद्धारा सहज तरिकाले उडान भर्न सक्ने, स्तरियता कायम गर्न मद्धत पुग्ने र दीर्घकालिन रुपमा मितव्ययी हुन जाने तथ्यहरुलाई समेत मध्यनजर राखी सो हेलिकप्टरहरु खरिद गरिएको सेनाले बताएको छ।

सो हेलिकप्टरबाट सोमबार नै प्रधानमन्त्री सुशिल कोईरालाद्धारा भुकम्प प्रभावित जिल्ला धादिङको झारलाङमा राहत सामग्री वितरण गर्ने कार्यक्रम रहेको बताईको छ। यद्यपी हेलिकप्टर खरिदका क्रममा अपारदर्शी निर्णय गरेको भन्दै सेनाको आलोचना समेत भएको थियो। नेपाली सेनासंग भएको नयाँ एमआइ सेभिन्टिनसहित ल्यान्सर, चिता, स्काइट्रक लगाएत २२ वटा हवाइ साधन मध्ये अहिलेसम्म १४ वटा मात्र सन्चालनमा रहेको छ ।

के के छ एमआइ सेभेन्टिन हेलिकप्टरमा?

रसियामा बनेको एमआई सेभेन्टिन हेलिकप्टर सन् १९८१ बाट प्रयोगमा आएको थियो। यो मोडलको हेलिकप्टर अहिले सम्म १२,००० को सङ्ख्यामा बनिसकेको छ। सेनाले सञ्चालनमा ल्याएको हेलिकप्टर एमआइ सेभेन्टिनको ‘वन भी’ मोडलको हो। भारत, पाकिस्तान, अमेरिका, मलेशिया,क्यानडा, इजिप्ट जस्ता ७० भन्दा बढी देशहरुले पनि यो हेलिकप्टर प्रयोगमा ल्याएका छन्।

एमआइ सेभेन्टिनको हेलिकप्टरका केही साधारण विशेषताहरु यस्ता छन्ः

हेलिकप्टरमा दु‌ई पाइलट र एक इन्जिनियर चालकदलमा रहनसक्ने छन्।

३० जना जवान वा ४,००० किलोग्रामसम्मको सामना भित्रै र ५,००० किलोग्रामसम्म झुण्डाउन मिल्छ भने अधिकतम १३,००० किलोग्रामसम्म बोकेर उड्न सक्छ।

करिब १८ मिटर लामो यो हेलिकप्टर २५० किलोमिटर प्रति घण्टासम्म उड्न सक्छ।

एमआइ सेभेन्टिनकै बिभिन्न प्रकारका मोडल छन्। जसमा Mi-17-1V, Mi-17-2,Mi-17V-3,Mi-17V-5,Mi-17V-7 आदि जस्ता हेलिकप्टरका मोडल पर्दछन्।

MI 17 helicopter (3)

अफगानी वायु सेनाले प्रयोगमा ल्याएको एमआइ- सभेन्टिन हेलिकप्टर

MI 17 helicopter (1)

अफगानिस्तानको सेनाले प्रयोगमा ल्याएको एमआइ- सेभेन्टिन हेलिकप्टरको सामान राख्न मिल्ने कार्गो सेक्सन

MI 17 helicopter (2)

क्रोएसिया देशले प्रयोगमा ल्याएको एमआइ-सेभेन्टीन ‘एस एच’ हेलिकप्टर

US-India MI -17 helocopter - Copyभारतिय वायु सेनाको एमआइ -सेभेन्टिन हेलिकप्टर