१६ चैत, काठमाडौं । भारतले नेपाली सेनालाई ७ वटा घोडा सहयोग गरेको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष बिपिन रावतले जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई घोडा हस्तान्तरण गरेका हुन् ।

यसअघि रावत र क्षेत्रीबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भेटपछि रावतले सैनिक मञ्च टुंडिखेलमा रहेको वीर स्मारकमा माल्यार्पण गरेका थिए ।