७ मंसिर, बीरगञ्ज ।
मधेशी मोर्चाका नेता राजेन्द्र महतोले मधेशी जनताले गरेको नाकाबन्दीलाई भातरले गरेको भनि गाली गर्नू दुखको कुरा भएको बताएका छन् ।

सरकारले आन्दोलीत जिल्लामा सेना खटाउने सोच बनाउन लागेको बताउदै, यस बारेमा नेपालको राष्ट्रिय सेनाले समेत मधेशी जनतापनि नेपाली हुन भनेर गहिरिएर सोचविचार गरि दुरुपयोग नभईदिन समेत महतोले आग्रह गरेका छन् ।

वीरगंजमा पत्रकार संग कुरागर्दै गैरआवासीय नेपाल संघ एनआरएनले गर्दै आएको विरोधप्रति चर्को असन्तुष्टि जनाएका महतोले एनआरएनले सरकारको प्रवक्ताको रुपमा काम गरेको आरोप लगाए ।

Rajendra Mahato talking

महतोले सरकारले ठोस प्रस्ताव ल्याए मात्र बार्तामा बस्ने बताएका छन् । नेता महतोले मधेशी मोर्चाले सिमांकन सहित ११ बुदाँको मागका बारेमा बुझाएको प्रस्ताव बारे नेपाली काग्रेस, एमाले र माओवादी तिनवटै पार्टीले अवधारणा लिएर आए मात्र केही बोल्न तयार हुने बताएका छन् ।

राजेन्द्र महतोलाई स्थानीयबासीले झण्डै कुटेनन्

महतोले भने, ‘आन्दोलनको एक सय दिन पुरा भएको छ तर सरकारले केहि ठोस अवधारण ल्याएको छैन् प्याकेजमै भएपनि ठोस अवधारण लिएर आए मात्र मधेशी मोर्चा तयार हुन्छ’ ।

नेता महतोले सरकारले खोकोलो राष्ट्रबादको नाममा राजनितिक समस्यालाई राजनितिक ढंगले नभई बन्दुकको बलले सामाधान गर्न खोजेको आरोप पनि लगाएका छन् ।

मधेशको समस्या वार्ताको माध्यमले सम्बोधन गरेर हुने बताएका थिए ।