२७ पुस, काठमाडौं।

नेपाल आयाल निगमले आजदेखि पेट्रोलको आयात बढाउने भएको छ । शनिबार र आइतबार भारतमा विदा परेकाले आजदेखि आयात बढ्ने भएपछि पर्याप्त ट्याङ्कर पठाइएको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको आयात हुने मुख्य रक्सौल नाका नखुलेपनि निगमले भैरहवा र नेपालगञ्जबाट आयात बढाउन लागेको हो ।

गोण्डा र बेतालपुर डिपोबाट आयात बढाएर दैनिक ७ लाख लिटर पेट्रोल ल्याउने तयारी गरिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेको भनाई छ । यसरी ल्याइएको पेट्रोलियम पदार्थ सिधै काठमाडौं ल्याइनेछ ।

अहिले देशभर ११ लाख लिटर पेट्रोलको माग छ । डिजेलको आपूर्ती भने बढिसकेको र केही दिनमा बिक्री वितरण क्रमशः सहज हुने घिमिरेले बताए । देशभर झण्डै २६ सय किलोलिटर डिजलको माग भएकोमा अहिले दैनिक १८ सय किलोलिटर डिजेल आयात भइरहेको निगमले जनाएको छ ।

यसैबीच नेपाल आयल निगमले आज पनि काठमाडौं उपत्यकामा चारपाङ्ग्रे गाडीलाई पेट्रोल वितरण गर्दैछ । यसअघि १० लटसम्म दर्ता भएका जीप, कार, भ्यानलाई पेट्रोल वितरण गरिसकेको निगमले आज ११ लट भन्दा माथि दर्ता भएका गाडीलाई पेट्रोल वितरण गर्न लागेको हो ।

यो पनि पढ्नुस्।

सुतेकै अवस्थामा दक्षिण कोरियामा एक नेपालीको मृत्यु

सकारात्मक परिणामको आशासंगै आज पनि कार्यदलको बैठक बस्दै

भविष्यमा देख्न सकिने भवन, आर्किटेक्टले बनाए डिजाइन

शाहरुख र रोहितबिच विवाद, दिलवाले बन्यो कारण