१८ भदौ, काठमाडौं ।

देशकै सबैभन्दा ठूलो दुर सञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई सहज बनाउन अनलाइनमै रिचार्जको सुविधा दिएको छ । केही समय अघि मात्र Nepal Telecom APP ल्याएको टेलिकमले अनलाइन रिचार्ज शुरु गरेको हो ।

नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि ल्याएको नयाँ NT Recharge कार्डबाट अब सबै सेवामा कम्पनीको वेबसाइटबाटै अनलाइन रिचार्ज गर्न सकिने भएको छ ।

Telecom online recharge

यसका लागि बजारमा उपलब्ध रिचार्ज कार्ड किनेर यो वेवसाइट लिङ्क खोलेर दिएको निर्देशन अनुसार गर्न टेलिकमले अनुरोध गरेको छ ।