२३ भदौ, काठमाडौं ।

देशभरी विभिन्न तनाव जारी रहेको सममया नेपाल प्रहरीले आपराधिक घटनाका शंकास्पद जानकारी दिन आग्रह गरेको छ ।

कुनै पनि अपराधिक घटना भएको वा हुन सक्ने सम्भावित घटनाको बारेमा प्रहरीलाई जानकारी उपलब्ध गराउन भन्दै प्रहरीले फोन नम्बर र इमेल समेत सार्वजनिक गरेको छ ।

Nepal police notice on crime
प्रहरीको सूचनाः

“ अपराधीलाई अपराध गर्ने मौका नदिऔ, शंकास्पद गतिविधिको जानकारी समयमै प्रहरीलाई दिऔ ”
कुनै पनि अपराधिक घटना भएको वा हुन सक्ने सम्भावित घटनाको बारेमा
प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध सूचना संकलन ईकाई (Crime Information Collection Unit – CICU) को निम्न सम्पर्क नम्बर तथा ईमेलमा जानकारी गराउन हुन अनुरोध गरिन्छ ।
फोन नं. :- ०१-४४१२७४८, ९८४९०९११३९
टोल फ्रि नं.:- १६६००१४१५१६
फ्याक्स :- ०१-४४१२६०२
ईमेल :-
cicu@nepalpolice.gov.np,
cicucid@gmali.com