२ असोज, काठमाडौं । जुम्लामा नेपाल मजदुर किसान पार्टीका १ सय ३९ जना कार्यकर्ताले राजीनामा दिएका छन् ।

आज जुम्लामा पत्रकार सम्मेलन गरी नेमकिपाका भ्रातृ संगठन नेपाल क्रान्तिकारी शिक्षक संघका पूर्व केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालसहित १ सय ३९ जना पार्टी कार्यकताले राजीनामा दिएको घोषणा गरेका हुन् ।

नेमकिपा फैलनुको सट्टा खुम्चिदै गएकाले राजीनामा गरेको उनीहरुले बताएका छन् ।