७ भदौ, काठमाडौं । १५ बर्षमुनिको साफ च्याम्पियनशीप फुटबलमा नेपाल अहिले सशक्त प्रतिद्वन्द््वी भारतसँग खेलिरहेको छ ।
उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाल समाचार तयार पार्दासम्म २–१ गोलले पछाडि परेको छ ।

खेलको पहिलो हाफ १–१ गोलको बराबरी भएकोमा दोस्रो हाफमा भारतले एक गोल थपेको हो । भारतका कप्तान विक्रम प्रताप सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाए ।

४१ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै नेपालका कप्तान रोशन राना मगरले बराबरी गोल फर्काए । एन्फा कम्प्लेक्स सातदोबाटोमा भइरहेको खेलमा नेपाल गोल फर्काउन प्रयासरत छ ।

गोलअन्तरका आधारमा भारत शीर्ष र नेपाल दोस्रो स्थानमा छ । आजको खेलले समूह विजेताको टुंगो लाग्ने छ । समूह विजेताले सेमिफाइनलमा भुटान र उपविजेताले बंगलादेशको सामना गर्नेछ ।