६ पुस, काठमाडौं।

सोमबार नेप्से परिसूचक ८ दशमलव एकासी अङ्कले बढेको छ । व्यापारको आधा घण्टाको अवधिमा नेप्से शून्य दशलमव ४५ प्रतिशतले बढेर १ हजार १ सय २७ दशमलव छयालिस विन्दुमा पुगेको छ ।

होटेल समूहमा कारोवार गिरावट आएपछि बैङ्किङ र विकास बैङ्क समूहको परिसूचक बढेको बढेको छ ।

बैङ्किङ समूहको परिसूचक १ दशलमव १२ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव २१ प्रतिशतले बढेको छ । वीमा समूहको परिसूचक शून्य दशमलव ३ प्रतिशत, जलविद्युतको शून्य दशमलव शून्य ३ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव शून्य ३ र होटल समूहको शून्य दशमलव शून्य ३ प्रतिशतले घटेको छ ।