११ साउन, काठमाडौं ।

८ पटकसम्म स्थगित हँदै आएको कांग्रेस विद्यार्थी भ्रातृ संगठन नेपाली विद्यार्थी संघको ११ औं महाधिवेशन हुने वा नहुनेमा अझै ढुक्कता भएको छैन ।

ओली सरकार ढालेपछि कांग्रेसको अर्को महत्वपूर्ण निर्णय

११ जिल्लामा महाविधेशन फेरि गर्ने की नगर्ने, प्रतिनिधि चयन कसरी गर्ने, अधिवेशन हुन नसकेका केन्द्रीय क्याम्पससहितका झण्डै आधा दर्जन क्याम्पसमा अविधेशन गर्ने की गुटगत आधारम ागर्ने भन्नेमा कांग्रेसमा अन्यौल छ । आरआर, विश्वभाषा, कमर्स क्याम्पसमा पनि विवाद मिलिसकेको छैन ।

टिके हुनेभन्दै अनसनमा नेताहरु
नेविसंघमा देउवा र रामचन्द्र पौडेल प्रमुख दुई गुट छन् । विवादित जिल्ला, क्याम्पससहित प्रतिनिधिको विवाद भएका स्थानमा मिलाएर लाने तयारी यी गुटले गरेका छन् । तर, कुन्दन काफ्ले, गणेश सापकोटासहितका नेता यतिखेर विधिसम्म महाधिवेशन गर्नुपर्ने मागसहित केन्द्रीय कार्यालय सानेपामा अनसनमा बसेका छन् । विधि, प्रक्रिया र पद्धतिभन्दा माथि कोही नभएको भन्दै विधियुक्त महाधिवेशनको माग गर्दै उनीहरु अनसनमा बसिरहेका छन् । नेविसंघका नेता गणेश सापकोटा विधिसम्मत महाधिवेशनको माग गर्दै अनसनमा बस्नुपरेको बताउँछन् ।

nebisangha

देउवाको लागि प्रतिष्ठाको विषय
२०६४ सालेदेखि नेविसंघको महाधिवेशन हुन सकेको छैन । आठपटकसम्म मिति घोषणा हुने र स्थगित हुने क्रम चल्दै आएको छ । यसपटक पनि महाधिवेशन सुरु हुन अब १२ दिनमात्र बाँकी छँदा महाधिवेशन हुने वा नहुने भन्नेमा नै अन्यौलता छ ।

त्यसैले नेताहरुलाई विधिसम्मत महाविधेशन गर्नका लागि दबाब दिन विद्यार्थी नेताहरु अनसनमा बसेका हुन् । उनीहरु अनसनमा बसेपछि नै सभापति शेरबहादुरर देउवाले केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको नेतृत्वमा किशोर सिंह राठौर, गुरुराज घिमिरे, गोविन्द भट्टराई र प्रदीप पौडेल सदस्य रहेको निर्देशन समिति नै गठन गरेका छन् । नेताहरु अनसन बसेपछि सभपाति देउवाले सोमबार नेविसंघको महाधिवेशन समयमै गर्नका लागि निर्देशन समितिको घोषणा गरेका हुन् ।

९ महिना देश चलाउन प्रचण्डका मुख्य ९ चुनौती

२०६४ सालमा संस्थापनबाट प्रदीप पौडेल र प्रजातान्त्रिक देउवा पक्षबाट कल्याण गुरुगं सभापति भएपछि नेविसंघको महाधिवेशन हुन नसकेको हो । त्यसयता सुशील कोइरालाले प्रदीप पौडेल नेतृत्वको समिति भंग गरी महाधिवेशन गर्न रञ्जित कर्ण नेतृत्वको कार्यसमिति गठन गरे पनि पटकपटक घोषणा गरेर पनि समयमा हुन नसकेको हो ।

यसपटक यही बेला सरकार गठनका कांग्रेस लाग्नुपर्ने भएकोले पनि फेरि पनि महाधिवेशन नहुने हो की भन्ने चिन्तामा विद्यार्थी नेताहरु छन् । अहिले कांग्रेसमा स्थापित नेताहरु प्रायः सबै नै नेविसंघको राजनीतिबाट स्थापित भएका अनुहार हुन् । तर, समयमा अधिवशेन नहुँदा नेता बन्ने बाटो नै अवरुद्ध हुँदा युवा नेता ४० नाघेपछि बल्ल अध्यक्षको उम्मेदवार बन्ने अवसरको नजिक छन् । यस अघि २५देखि २७ वर्षसम्मको उमेरमा विद्यार्थीहरु सभापति भइसकेको इतिहास छ ।

आधा दर्जन अध्यक्षका दाबेदार
१० औं वर्षदेखि महाधिवेशन नभएपछि नेविसंघको अध्यक्ष, उपाध्यक्ष, सचिव, केन्द्रीय सदस्यका लागि सयौं नेताको दाबेदारी देखिएको छ । अध्यक्षको लागि मात्रै आधा दर्जन विद्यार्थी नेताको दाबेदारी देखिएको छ ।

नैनसिंह महर, कुन्दन काफ्ले, जितजंग बस्नेत, मनोजमणि आचार्य, शुभराम बस्नेत, दिपक भण्डारी, दिपक भट्टराई अध्यक्षका दाबेदार देखिएका छन् । दुवै गुटका गरी आधा दर्जन यी प्रमुख दाबेदारलाई मिलाएर महाधिवेशन गर्न पनि देउवालाई सजिलो छैन ।