३ असार, काठमाडौं।

नेपाली कथानक चलचित्र ‘मेन्टल’ को रिलिजको मिति सरेको छ। जेठ २१ मा रिलिज हुने तय भएको ‘मेन्टल’ अब असोज २४ मा रिलिज हुनेछ।

पर्याप्त प्रमोशन नभएको र हल पनि प्याक भएकाले फिल्मको रिलिज मिति सार्नु परेको फिल्म युनिटले बताएको छ। फिल्मको प्रमोशनलाई अझै तीव्र पार्ने सोच अनुसार ‘मेन्टल’ टिमले अहिले जोडतोडले काम गर्दै।Mental Release Date Press Conference (2)

सरोज पौडेलको निर्देशनमा बनेको यो चलचित्रले अब दशैको अवसर पारेर नेपाली दर्शकलाई मनोरञ्जन दिनेछ। केहर सिंह भण्डारी, हरि क्षेत्री, सुदन धिताल, बसन्त बर्माको निर्माणमा बनेको ‘मेन्टल’मा प्रथम खड्का, पूजा भट्ट, सुरवीर पण्डित, दिपक श्रेष्ठ, बिभु श्रेष्ठ, सरोज प्याकुरेल, डिपी शाह चक्रवर्ती लगायतको अभिनय रहेको छ।

अर्जुन पोखरेलको संगीतमा दुर्गा खरेल र योगेन्द्र गुरुङको स्वरले सजिएको यहि चलचित्रको ‘काजल भएर बस्छु’ गितले अहिले बजारमा चर्चा पनि बटुलेको छ।

मुम्बईबाट फिल्म मेकिङमा ब्याचलर गरेर फर्किएका नायक प्रथम खड्का यहि चलचित्रबाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गर्दैछन्। खड्काले पढ्दै गर्दा केही सिरियल र फिल्ममा एसिस्टेन्ट बनी काम समेत गरिसकेका छन्। उनले सिरियल ‘एरिस्टा क्या केहेलाताहे’, फिल्म ‘रक्की द स्लेभ’ मा एसिस्टेन्ट बनी काम गरेका छन्। त्यस्तै रिलिजको पर्खाइमा रहेको हिन्दी फिल्म चक्लासपुरमा खड्काले कोरियोग्राफी गरेका छन्।Pratham khadka 294921014

‘मेन्टल’मा एउटा पढेको पागलको कथालाई हेर्न सकिनेछ। राम्रालाई भन्दा हाम्रालाइ चान्स दिने देशमा कसरी एउटा पढेको मान्छे पागल बन्न पुग्यो चलचित्रले दर्शाउने नायक खड्काले बताए।

हेर्नुस् ‘मेन्टल’ को ट्रेलर: