१५ असार, काठमाडौं।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले प्रेस स्वतन्त्रतामा अंकुश लगाउने गरी नयाँ संविधानको मस्यौदा तयार गरिएकोमा विरोध गर्दै सच्च्याउन माग गरेको छ । महासंघको आज भएको बेलाले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी हुने व्यवस्था गर्न माग गरेको छ ।

साथै भेलाले संचारमाध्यमका लगानीकर्तालाई पत्रकारको बक्यौता रकम तत्काल चुक्ता गर्न, नियुक्ति पत्र दिन, प्रक्रिया पुरा गरेका सबै पत्रकारलाई स्थायी गरी श्रमजीवी पत्रकार ऐन अनुसारका विदा, वीमा लगायतका सेवा सुविधा उपलब्ध गराउन पनि माग गरेको छ ।

अन्यथा पत्रकारमाथि भैरहेको श्रम शोषण विरुद्ध साउन पहिलो हप्तादेखि कडा आन्दोलनमा उत्रिन बाध्य हुने महासंघले चेतावनी दिएको छ ।

संचारमाध्यमहरुमा सेल्फसेन्सरसीपको अवस्था अन्त्य, सम्पादकीय स्वतन्त्रतता र सम्बन्धित संचार प्रतिष्ठानमा कार्यरतको भौतिक, पेशागत सुरक्षा र स्वतन्त्रताको जगेर्नाका लागि निरन्तर क्रियाशील रहने प्रतिवद्धता महासंघले व्यक्त गरेको छ ।