गोकुल बानियाँ
१० भदौ, पोखरा । पदयात्रामा गएकी एक बिदेशी पर्यटक मोदी खोलामा खसेर बेपत्ता भएकी छिन् । पदयात्राको क्रममा घान्द्रुकको देउराली स्थित भिरबाट खोलामा बसेर क्यालिफोर्नियाकी ४६ बर्षिय सोन्युकिम बेपत्ता भएको प्रहरीले जनाएको छ ।

आज बिहान साढे १० बजे भिरबाट खोलामा खसेकी उनको खोजिकार्य जारी छ । स्थानियबासीले खोजी गरिरहेपनि घान्द्रुक प्रहरी चौकीबाट गएको प्रहरी टोलि घटनास्थल पुग्न अझै केहि घण्टा लाग्ने कास्की प्रहरीले जनाएको छ । घटनास्थल ईलाका प्रहरी कार्यालय घान्द्रुकबाट १५ घण्टाको दुरीमा रहेको छ ।

पदयात्राको लागि उनिसंगै गएको २१ जनाको टोलि गएको थियो । टोलिको अन्तिममा रहेकी उनी भिरबाट खसेपछि पछाडि रहेका पर्यटक मजदुरले खबर गरेका थिए । उनलाई पदयात्रामा पठाउने ट्राभल एजेन्सीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय घान्द्रुकबाट टोलि खोजीको लागि घटनास्थलजादै गरेको प्रहरी नायब उपरिक्षक राजेश नाथ बास्तोलाले बताए ।