९ भदौ, परासी ।

नवलपरासीको सदरमुकाम परासीमा तनाव भएको छ । प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले गोली चलाउँदा आन्दोलनकारी घाइते भएका छन् ।

प्रहरीले भूमही-भैरहवा खण्डमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ । प्रहरीको गोली लागेर २ प्रदर्शनकारी घाइते भएका छन् ।

प्रहरीले गोली चलाएपछि अहिले पनि सो क्षेत्रमा तनाव रहेको छ ।