१२ चैत, काठमाडौँ।

त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ असार–साउन महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तह तीन वर्षे बिबिएस दोस्रो वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com र www.tu.ntc.net.np मा हेर्न सकिनेछ । यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर जानकारी पाउन सकिने छ । रासस