७ असोज, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टको पिच भत्किएपछि पर्यटन एवं नागरिक उड्यन मन्त्री जीवनबहादुर शाहीले शुक्रबार बिहानै निरीक्षण गरेका छन् । बिहीबार बिहानै धावनमार्गको पिच भत्किएको खबर शाहीलाई आएको थियो ।

२ मुस्लिम देश भारतलाई साथ दिँदै पाकिस्तान विरुद्ध उँभिए

व्यस्त एकमात्र अन्तर्राष्ट्रिय एयरपोर्टको धावनमार्ग भत्किएपछि त्यसको अवस्था के छ भन्ने बुझ्न शाही शुक्रबार बिहानै एयरपोर्ट पुगेको उनको सचिवालयले जनाएको छ ।

Jiban Sahi at Airport run way (1)
शाहीले निरीक्षण गर्दै बिग्रनेवित्तिकै बनाउन सुझाव दिएका छन् । साथै, उनले एयरपोर्टको सरसफाई, यात्रुहरुलाई सहजरुपमा आउनेजाने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।

Jiban Sahi at Airport run way (2)

शाही शुक्रबार बिहानै ५ बजे एयरपोर्ट पुगेका थिए ।

Jiban Sahi at Airport run way (4)

यस अघि मन्त्री शाही एयरपोर्टमा ट्याक्सीले ठगी गर्दै आएको गुनासो बढेपछि आफैं पर्यटक बनेर होटलसम्मै पुगेर ट्याक्सीको अनुगमन गरेका थिए ।

Jiban Sahi at Airport run way (5)

पाकिस्तानी कलाकारलाई ४८ घण्टा भित्र भारत छोड्न चेतावनी