१२ पुस, एजेन्सी।
जापानी प्रधानमन्त्री शिन्जो आबे अमेरिकी द्वीप हवाई स्थित पर्ल हार्वरको भ्रमण गर्देछन्। भ्रमणमा आबेसंग अमेरकी राष्ट्रपति बाराक ओबामा समेत हुनेछन्।obama-and-shinzo-abe-314890111

पर्ल हार्बर त्यही स्थान हो जहाँ ७५ वर्ष अगाडी जापानले बमको बर्षा गरेर अमेरिकामाथि ठुलो क्षति पुर्याएको थियो।pearl-harbor-30592511

सन १९४१ मा जापानले पर्ल हार्बरको अमेरिकी सैन्य केन्द्रमा बम हमला गरेको थियो। दोस्रो विश्व युद्दमा अमेरिकी जमिनमा भएको यो पहिलो हमला थियो।pearl-harbor-294616711

जापानको यो हमलामा २४ सय अमेरिकी सैनिक मारिएका थिए भने १९ वटा ठुला सैन्य जहाजहरु नष्ट भएका थिए।pearl-harbor-261519911

यसका साथै ३२८ वटा अमेरिकी विमान क्षतिग्रस्त वा पुर्णरुपमा नष्ट भएका थिए । जापानले लगातार १ घण्टा १५ मिनेटसम्म पर्ल हार्बरमा बम बर्षाएको थियो।

हमलामा सय भन्दा बढि जापानी सैनिक पनि मारिएका थिए। यही हमला पछि अमेरिकी दोस्रो विश्व युद्दमा सामेल भएको थियो।pearl-harbor-272312011

पर्लहार्बरमाथि जापानी आक्रमणले अमेरिकी नीति बदलियो र बदलामा अमेरिकाले जापानका दुइ शहरमा आणविक बम खसालेर ध्वस्त बनाइदियो। त्यसपछी जापानको भाग्य र रुपरेखा नै बदलियो भने अमेरिका पनि उही रहेन।pearl-harbor-28389111

सन १९४५ मा अमेरिकाले जापानको हिरोशिमा र नागासाकी विध्वंशक आणविक बम खसाल्यो जसलाई पर्ल हार्बरको बदला भनिएको थियो।

वर्तमानमा अमेरिका र जापान दुबै नजिकका मित्र राष्ट्रहरु हुन्। दुइ देशबीच निकै नजिकको सैन्य सम्वन्ध पनि छ।