५ माघ, राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–६ स्थित एक पसलमा मङ्गलबार आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय विनोदकुमार गुप्ताको किराना पसलमा विद्युत् सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

fire-house-44646610

सो आगलागीबाट गुप्ताको पसलभित्र रहेका खाद्यान्न सामग्री र नगद गरी अन्दाजी रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।