गर्मी मौसम चलिरहेको छ। पसिना आउने मौसम। पसिना गन्हाएर चिन्तित हुनुहुन्छ? नियमित नुहाउने गर्नुहुन्छ भने पनि कहिलेकाँही शरीरबाट त्यो नराम्रो गन्ध आइदिन्छ। किनकी यो शरीरको सरसफाइसंग मात्र होइन तपाइको खानापिनासंग पनि सम्बन्धित छ।

गन्ध को विज्ञान

पसिना आउनु शरीरको प्राकृतिक स्वभाव हो। स्ट्रेस, चिन्ता, कसरत तथा बढी तापक्रमको कारण पसिना आउने गर्छ। तर जब यसबाट गन्ध पनि आउन सुरु गर्छ यही प्राकृतिक स्वभाव असभ्य बनिदिन्छ। पसिनाको आफ्नै गन्ध हुदैन। तर मरेका कोषसंग मिसिएपछि त्यहाँ ब्याक्टेरियाको प्रवाह बढ्छ, यही ब्याक्टेरियाले शरिरमा गन्ध फैलाउँछ।

गन्ध हटाउने उपाय छ?

छ। पसिनाको गन्ध हटाउने धेरै तरिकाहरु छन्।

  • प्रशस्त पौष्टिक तत्व भएको खाना खाने गर्नुस्।
  • राती सुत्ने समय आल्मुनिक क्लोराइड लगाउनुस्।
  • दिउँसो एन्टी फङ्गल पाउडर लगाउनुस्।

के खाने?

  • अदुवा र प्याँजले शरीरको गन्ध बढाउँछ। यी दुइ चिज नखाउनुस्।
  • प्रशस्त तरकारी, फलफुल खानुस्। प्रोटिन, भिटामिन बी र जिन्क भएका खानेकुरा खानुस्।
  • अनि दैनिक २-३ लिटर पानी पिउनुस्। यदी पिसाबको रंग गाढा पहेलोँ भएको छ भने तपाइको शरीरमा पानीको कमी भएको छ। यस्तोमा पसिना बढी गन्हाउँछ।

अरु तरिका

  • धेरै पसिना आउँछ भने दैनिक दुइ पटक होइन भने एक पटक त अनिवार्य नुहाउनु पर्छ। दैनिक नुहाउँदा सधै साबुनको प्रयोग आवश्यक हुँदैन।
  • गर्मी महिनामा कटनका लुगा लगाउनुस्। यी लुगा हल्का हुन्छ अनि पसिना पनि सोस्छ।
  • कफि खान बन्द गर्नुस, हर्बल अनि ग्रि टिको मात्रा बढाउनुस्।