८ असार, दोलखा ।

सोमबार बेलुकी गएको पहिरोले दोलखाको उत्तरी गाउँ लामावगर स्थित नेपाली सेनाको क्याम्प पुरिएको छ। पहिरोमा परी लामावगर स्थित माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको सुरक्षार्थ खटिएको सेनाको बेस क्याम्प पुरिएको हो।

पहिरो पुरिए सगैँ क्याम्पमा भण्डारण गरिएका बिष्फोटक पदार्थ पड्कीदा क्याम्पमा रहेका केही सेना सामन्य घाईते भएको र वरपरका घरहरुमा क्षती पुगेको नेपाली सेनाको बर्दबहादुर गण चरिकोटले जनाएको छ ।

landslide

फाइल तस्विर

सोमबार बेलुका सैनिक क्याम्प माथीबाट पहिरो झरेको थियो। पहिरो खस्दा माथिल्लो तामाकोशी आयोजनाको निर्माणका लागी प्रयोग गर्न सैनिक क्याम्पमा भण्डारण गरिएको बिष्फोट पदार्थ पड्किएको र वरपरका थुप्रै घरहरुमा क्षती पुगेको स्थानीयले बताएका छन्।

सदरमुकाम चरिकोट स्थित बर्दबहादुर गणले सैनिक क्याम्प पुरिएको पुष्टी गरेको छ। पुरिएका कारण क्याम्पमा भण्डारण गरिएको बिष्फोटक पदार्थ पड्किएको र क्याम्प वरपर रहेका स्थानीयहरुका घरमा क्षती पुगेको बर्दबहादुर गण चरिकोटका गणपती बिश्वास बिक्रम शाहले जानकारी दिए। शाहले पहिरो पछि क्याम्पबाट निस्किएका सैनिक माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको कार्यालय आसपासमा सुरक्षित रुपमा बसिरहेको जानकारी समेत दिए। क्याम्पमा स्थानीयबासीका लागी भण्डारण गरेर राखेको राहत समेत पुरिएको गणपति शाहले बताए।

स्वदेशी लगानीमा दोलखाको लामावगरमा निर्माण हुँदै गरेको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको बाँधस्थल रहने स्थान लामावगर गाउँको यो क्याम्पमा सैनिक मेजरको नेतृत्वमा ६० जनाको फौज रहेको थियो। आजको नागरिकमा खबर छ ।