श्रीमद्धभागवत पुराण हिन्दु धर्मको सबैभन्दा महत्वपूर्ण ग्रन्थहरुमध्ये एक हो । यस ग्रन्थको रचना आजभन्दा लगभग ५ हजार बर्ष पहिले गरिएको थियो । यस पुराणमा भनिएअनुहार, जान्नुहोस्, ५००० बर्ष पहिले कलियुगका बारेमा के भविष्यवाणी गरियो ।

१. कलियुगमा धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवनको अवधि, शारीरिक शक्ति र स्मृति सबै दिन–दिनै घट्दै जानेछ ।

२. कलियुगमा जुन व्यक्तिसँग जति धन हुनेछ, ऊ उति नै गुणी मानिने छ र कानुन, न्याय खाली एक शक्तिको रुपमा मात्रै लागु हुनेछ ।

३. कलियुगमा पुरुष–महिला बिना विवाह नगरिकनै एक–अर्काको सहमतिमा सँगै बस्नेछन् । व्यापारको सफलता छलमा निर्भर रहने छ । कलियुगमा ब्राम्हणले खाली एउटा थागो लगाएर आफू ब्राम्हण भएको दाबी गर्नेछ ।

४. जो मनुष्य घुस दिने वा धन खर्च गर्न असमर्थ हुनेछ, उसलाई अदालतबाट सही न्याय मिल्नेछैन । जो व्यक्ति धेरै चलाख र स्वार्थी हुनेछ, ऊ यस युगमा सबैभन्दा विद्धान मानिने छ ।

५. मानिस भोक–प्रेम र धेरै किसिमका चिन्ताहरुबाट दुःखी रहनेछन् । कलियुगमा मनुष्यको आयु खाली बीस वा तीस बर्ष रहनेछ ।

६. मानिस टाढा–टाढाका नदी तथा ताललाई तीर्थ मान्नेछन्, तर आफूसँगै रहेका बुबा–आमाको निन्दा गर्ने छन ।

kaliyug

७. कलियुगमा पानी पर्ने छैन, सुख्खा पर्नेछ भने कहिले–काँही अत्यन्तै जाडो हुनेछ भने कहिले काँही भीषण गर्मीले सताउँने छ । कहिले आँधी, कहिले बाढी आउँने छ । यस्तो परिस्थितिबाट मानिस चिन्तित रहनेछन् र नष्ट हुँदै जानेछन् ।

८. कलियुगमा जो व्यक्तिसँग धन हुँदैन, ऊ अधर्मी, अपवित्र र काम नलाग्ने मानिने छ । विवाह दुई व्यक्तिबीचको एक सम्झौताको रुपमा मात्र हुनेछ र मानिस नुहाएपछि आफूलाई अन्तरआत्मादेखि शुद्ध भएको सम्झने छन् ।

९. धर्म–कर्मको काम खाली अरुको अगाडि राम्रो देखिन र देखाउँनका लागि गरिनेछ । पृथ्वी भ्रष्ट मानिसले भरिनेछ र मानिस सत्ता पाउँन अर्कोको हत्या गर्नेछन् ।

१०. अकाल र अत्याधिक करका कारण चिन्तित मानिस घर छोडेर सडक र पहाडमा बस्न बाध्य हुनेछन् साथै पात, जरा, मासु, जंगली मह, फूल तथा बिउ खान बाध्य हुनेछन् ।