३ वैशाख, इस्लामाबाद ।

पाकिस्तानले बुधबार पारमाणविक क्षमताको ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको जानकारी त्यहाँको सेनाले दिएको छ ।

गौरी ब्यालेस्टिक क्षेप्यास्त्रले एक हजार ३०० किलोमिटर दुरीसम्म प्रहार गर्नसक्ने र यसमा परम्परागत तथा पारमाणविक विस्फोटक पदार्थ दुबै रहनसक्ने जानकारी दिइएका छ ।

pakistan-missle-launch

एक महिना अगाडि पाकिस्तानले जमिनबाट जमिनमा प्रहार गर्ने पारमाणविक क्षमताको साहिन तेस्रो क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको थियो । उक्त क्षेप्यास्त्रले दुई हजार ७५० किलोमिटरको दुरीमा प्रहार गर्नसक्ने अनुमान गरिएको छ ।

सेनाले गौरी क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण त्यसको सञ्चालन तथा प्राविधिक तयारीमा भएको एक विज्ञप्तिमा जानकारी दिएको छ । रासस,एएफपी