४ जेठ, एजेन्सी ।

पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुशर्रफले भारतको विषयमा अर्को आक्रामक अभिब्यक्ति दिएका छन् । उनले कारगिल युद्धका क्रममा पाकिस्तानले भारतको घाँटी निमोठेको तर त्यसलाई पछि राजनीतिकरुपमा स्वीकार नगरिएको टिप्पणी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Pervez Musharraf 1

भारतले कारगिल युद्ध कहिले पनि भुल्न नसक्ने बताउँदै उनले कारगिल युद्धमा भारतलाई पाकिस्तानले कठिन अवस्थामा पुर्‍याएको बताएका छन् ।

सैनिक जितलाई राजनीतिक हारमा परीणत गरिएका कारण पाकिस्तान पछि परेको उनको भनाइ छ ।

सन् १९९९ मा कारगिलमा भएको युद्ध भारत र पाकिस्तानबीचको सबैभन्दा खतरनाक युद्ध थियो ।