१३ असोज, एजेन्सी।
उरी आक्रमण पश्चातको तनाव भारतको राजस्थानसम्म पुगेको छ। जैसलमेर सीमामा पाकिस्तानी सेनाको हलचल बढेको खबर भारतीय मिडियाले लेखेका छन्।pakistani army 26105649

पाकिस्तानी सेनाले राजस्थानको बोर्डरमा गतिविधि बढाएपछि सीमा सुरक्षाबलले चेकजाँच बढाएको छ।

भारतलाई उक्साउने गरी पास्कितानी सेनाले गतिविधि बढाएको बताइएको छ। पहिले गंगानगर र अब जैसलमेरका सीमा पारी पाकिस्तानले नयाँ अभ्यास सुरु गरेको हो।

जैसलमेरबाट करिब २०-३० किलोमिटर सीमा पारी पाकिस्तानले २२ सेप्टम्बरबाट ‘डेजर्ट वार गेम एक्सरसाइज’ सुरु गरेको छ। यो अभ्यासमा पाकिस्तानले आफ्नो सेनाको ताकत र नयाँ हतियार परिक्षण गरेको बताइएको छ।

यो पाकिस्तानी सेना र एयरफोर्सको संयुक्त अभ्यास बताइएको छ। यो अभ्यास ३० अक्टोबरसम्म चल्ने छ।

यसैबिच राजस्थानको उत्तरी स्टेट अजमेरमा एक पाकिस्तानी डेलिगेशनको विरोध भएको खबर छ। अजमेको मेयो कलेजमा २ देखि ५ अक्टोबरसम्म हुने एक कार्यक्रममा पाकिस्तानबाट आउन लागेको ३८ सदस्यीय टोलीको भारतको विश्व हिन्दु परिषद् जस्ता केही संगठनले विरोध गर्दै कार्यक्रम रोक्न माग गरेको छ। कलेजका प्रिन्सिपल रिटायर्ड लेफ्टिनेन्ट जनरल एचएस कुलकर्णीले पाकिस्तानी टिम आउँछ वा आउँदैन सरकारले लिने फैसला बताएका छन्।