२५ मंसिर, एजेन्सी।

आणविक हतियार सम्पन्न मुलुक पाकिस्तानले शईन-३ नामक ब्यालिस्टिक मिसाइलको सफल परिक्षण गरेको छ। मध्यमदुरीको जमिनबाट मार हान्न सक्ने यो मिसाईललाई अरब सागरमा परिक्षण गरिएको हो।

pakistan test missile (3)

२७५० किलोमिटर सम्म मार हान्न सक्ने शइन‍-३ आणविक हतियार बोक्न सक्षम छ। पाकिस्तानले अघिल्लो वर्ष शइन-१ र शइन-२ को परिक्षण गरेको थियो। यी दुबै मिसाइको मारक क्षमता क्रमश ९ सय र १५ सय किलोमिटर रहेको थियो।

pakistan test missile (1)

पाकिस्तानको पछिल्लो परिक्षणप्रति छिमेकी तथा प्रतिदन्द्धी मुलुक भारतको भने प्रतिक्रिया आइसकेको छैन्। पाकिस्तान जस्तै भारतले लगातार रुपमा यस्ता परिक्षण गर्दै आइरहेको छ।

दुइ देशबीच चल्ने गरेको हतियारको होडबाजीले शान्ति खलबल्याउन सक्ने आशंका व्यक्त गरिँदै आएको छ।

हेर्नुस् भिडियो,

यो पनि पढ्नुस्।

टि-२० विश्व कप: भारत पाकिस्तान एउटै समुहमा

फुटवल खेलाडीको गोली हानी हत्या

रहस्यले भरिएको ओशोको जीवनको रोचक कुरा

भारतीय आयल निगमका मार्केटिङ म्यानेजर पक्राउ, आइएसको एजेन्ट भएको आशंका