१० असोज, एजेन्सी ।

भारत र पाकिस्तानबीच युद्धको भाषासहित जुहारी चलिरहेको समयमा एक पाकिस्तानी संगठनका प्रमुखले पाकिस्तान सन् १९६५ को तुलनामा १ हजार गुणा मजबुत बनिसकेको भन्दै भारतलाई युद्धको भाषा नबोल्न चेतावनी दिएका छन् ।

भारतको अर्को आक्रमण, ५ सैनिक घाइते

जमाते इस्लामीका प्रमुख सिराजुल हकले भारतलाई वार हिष्टेरिया अर्थात युद्धको भुत चढेको आरोप लगाएका छन् । सिराजुलले भारतले पहिले जस्तो कमजोर ठानेर भारतलाई धम्की दिन नहुने भन्दै अहिले पाकिस्तान १ हजार गुणा ससक्त भैसकेको समेत बताएका छन् ।

Sirajul Haq

पाकिस्तानको एक्सप्रेस ट्रिब्युनका अनुसार सिराजुल हकले कश्मिरमा आफूले गरिरहेको अत्याचार छोप्न भारतले अरुमाथि युद्धको भाषा बोलिरहेको समेत बताएका छन् ।

गणतन्त्रबाट पञ्चायततिरः देउवा, ओली र प्रचण्डलाई कसले दियो म्यान्डेट ?

पाकिस्तान र भारतबीच युद्ध भएमा यो २ देशमा सीमित नहुने भन्दै उनले युद्ध चारैतिर फैलिने चेतावनी दिएका हुन् । केही समय अघी मोदीको टाउकोको मूल्य तोकेको जमाते इस्लामीले भारत विरुद्ध उग्र अभिब्यक्ति दिँदै आएको छ ।

सम्झौता तोड्ने मुडमा भारत, पाकिस्तानमा हाहाकार हुन सक्ने
भारतसँग रहेका ८ घातक कमाण्डो फोर्स (फिचर)