१० पुस, एजेन्सी । भारतीय चर्चित कलाकार हिना खान अहिले छुट्टी मनाउन माल्दिभ्स पुगेकी छन् । उनी आफ्नो प्रेमीसँग त्यहाँ गएकी छन् ।

सामाजिक सञ्जालमा सक्रिय हिनाले आफ्नो दैनिक क्रियाकलापहरुको बारेमा फ्यानलाई जानकारी दिइरहेकी हुन्छिन् । यसै क्रममा उनले बिहीबार माल्दिभ्सको एक रिसोर्टमा पौडी खेल्दै गरेको तस्बिर सार्वजनिक गरेकी छन् । पानीमुनिबाट खिचिएको तस्बिर उनी एकदमै सुन्दर देखिएकी छन् ।

पाँचवटा तस्बिर इंस्टाग्राममा पोस्ट गर्दै उनले लेखेकी छन्, ‘पानीभित्र वाइफाई नभएकोले पोस्ट गर्न केही ढिला भयो, आशा छ यसले तपाईंलाई एकदमै राम्रो कनेक्सन दिनेछ ।’ गुलाबी बिकिनीमा सजिएकी उनलाई एकदमै बोल्ड र क्युट देखिएको छ । हेरौँ तस्बिरहरुः