२० माघ, काठमाडौं ।

गत असार महिनामाा नेपालका पूर्वयुवराज पारस साहलाई पति भनेर सम्बोधन गर्दै फेसबुकमा फोटो पोष्ट गरेकी थाइ युवती कन्निका चाइयर्सनले आफूले पारसको छोरो पनि जन्माएको दावी गरेकी छिन् ।

कन्निकाले फेसबुक स्टेटसमा आफ्नो छोरोले नेपाल जान भनेर जिद्दी गर्ने गरेको समेत लेखेकी छिन् । उनले आफ्नो छोराको नाम युनिभर्स भएको भन्दै उसलाई सम्बोधन गरेर लेखेको स्ट्याटसमा यस्तो दावी गरेकी हुन् ।

Kannika son status 1 Kannika son status

उनले आफ्नो छोरो ३ महिनाको हुँदा पूर्व प्रेमीसँग छुट्टिने निर्णय गरेको भन्दै यो बच्चाले आफ्नो बाबु पारस साहलाई कहिल्यै पनि नभेटेको भनेकी छिन् । आफ्नो छोराका कारण आफूलाई पटक पटक आँशु आउने गरेको समेत उनले लेखेकी छिन् ।

Kannika son

पारसकी प्रेमिकाले फेसबुकमा राखेको उनकै दावीमा ‘छोरा’को तस्विर

यस अघि कन्निकाले आफूलाई नेपालीहरुसँग चिनजान नहुँदा सम्म पारस र हिमानीको सम्बन्धबारे थाहा नभएको भन्दै उनले नेपालीसाथीहरुसँग कुरा गरेर थाहा पाएको बताइएकी थिइन् ।

पारस साहसँगको सम्बन्धबारे धेरै नलेखेपनि उनले आफू सिधा सादा केटी भएको र धेरैले आफ्नो भाषा नबुझ्न सक्ने समेत उनले बताइएकी थिइन् ।

Kannika son 1

पारसकी प्रेमिकाले फेसबुकमा राखेको उनकै दावीमा ‘छोरा’को अर्को तस्विर

४ वर्षमा स्वदेश फर्किएर पनि २ महिना वित्दा सम्म आफ्नै बाबु आमा तथा पत्निको भेट नपाएका एवं घरमा प्रवेश नपाएका पूर्वयुवराज पारस साहको बैबाहिक अवस्थाबारे प्रश्न उठेको थियो ।

एक पटक हृदयघातका कारण मृत्युको मुखमा पुगेर फर्किएका पारस साहलाई उनकी प्रेमिका कन्निका चाइयर्सनले बचाएको बताइन्छ ।

प्रेमिकासँग पारस साहको फेसबुक दोहोरी, ‘पति’ भन्ने कन्निकालाई पारसको जवाफ

पारस साह कसका पतिः हिमानी कि कन्निकाका ? प्रेमिकाले २४ घण्टामै डिलिट गरिन् पोष्ट