२८ फागुन, काठमाडौं।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत किर्तिपुरमा हुन भइरहेको खेलमा केन्याले टस जित्दै बलिङ रोजेको छ।

कप्तान पारस खड्का खेलमा सहभागी नहुने भएपछि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्दैछन्। प्रदिप सिंह ऐरे र सुनिल धमालाले अन्तराष्ट्रिय क्रिकेटमा पहिलो पटक डेब्यु गर्दैछन्। पानीले अवरोध गरेपछि खेल ३८ ओभरमा खेलिनेछ।

खेल केही बेरमा सुरु हुनेछ।