२ असार, काठमाडौं ।

४ वर्षमा स्वदेश फर्किएर पनि २ महिना वित्दा सम्म आफ्नै बाबु आमा तथा पत्निको भेट नपाएका एवं घरमा प्रवेश नपाएका पूर्वयुवराज पारस साहको बैबाहिक अवस्थाबारे प्रश्न उठेको छ । ४ वर्ष २ महिनापछि पनि आफ्नै घरमा पस्न नपाएका पारस अहिले पनि बाहिर नै बसिरहेका छन् ।

paras shahjpg

पारस र हिमानीको अहिले सम्म पनि साक्षात्कार नभइरहेको अवस्थामा थाइल्याण्डमा उनकी प्रेमिका भनिएकी कन्निका चाइसानले पारसलाई खुल्लम खुल्ला माइ हज्बेण्ड अर्थात मेरा पति भनेर चिनाउन थालेपछि पारस र हिमानीको बैबाहिक सम्बन्धमाथि अर्को प्रश्न उब्जिएको हो । यदि कन्निकाले पनि पारसलाई पति भन्ने औपचारिक अधिकार पाइसकेको भए पारस बहुविवाहको झन्झटमा पर्ने देखिन्छ भने त्यसो नभएको भए उनको हिमानीसँगको विग्रिएको भनिएको सम्बन्ध झनै धरापमा पर्ने देखिन्छ ।

हिँजो मंगलबार पारसकी प्रेमिका भनिने कन्निका चाइसानले फेसबुकमा पूर्व युवराज पारसको एउटा फोटो पोष्ट गरिन् ।

kannika

कन्निका चाइसान

शुरुमा केही नभनी पोष्ट गरिएको पारसले बाइक चलाएको उक्त तस्विरको कमेन्ट बक्समा भने ‘माई हज्बेन्ड अर्थात मेरा पति भनेर लेखिन् । उनको उक्त पोष्टमा विभिन्न मानिसले विभिन्न कमेन्ट गरेका छन् ।

parash kanika 3
तर आज विहान भने कन्निकाले उक्त पोष्ट हटाएकी छिन् । उनले त्यो पोष्ट किन हटाइन् प्रष्ट छैन ।

kannika 2

एक पटक हृदयघातका कारण मृत्युको मुखमा पुगेर फर्किएका पारस साहलाई उनकी प्रेमिका कन्निका चाइसानले बचाएको बताइन्छ । यस अघि पारसले ती युवतीलाई माइ वुमन अर्थात मेरी आइमाइ भन्ने सम्बोधन सहित उनकै कारण आफू बाँचेको भनेर इङ्गित गर्न खोजेपनि उनलाई पत्नि नै भनेर किटान गरेका थिएनन् ।

तर अव भने कन्निकाले पारसमाथिको दावीलाई झनै कँसिलो बनाउँदै लगेपछि परिवारमा पारसलाई समस्या पर्ने देखिएको छ ।

नेपाल आएर पनि निर्मल निवासमा प्रवेश नपाएका पारसलाई नभेटी पूर्व राजा ज्ञानेन्द्र पत्नि कोमलसहित भारत गएका थिए । भारतबाट फर्केपछि पनि पारस पत्नि हिमानी र बाबु आमा कसैले पनि उनीसँग भेटेको सार्वजनिक जानकारी छैन । छोराको उद्दण्ड विगत र थाइ युवतीसँगको सम्बन्धकै कारण तनावमा रहेका ज्ञानेन्द्रले स्वेदश फर्किएपनि दरवार प्रवेशको अनुमति नदिएपछि पारस धुम्बाराइस्थित कुण्डलिनी भवनमा बसिरहेका छन् ।

parash himani

फाइल तस्विर

पारस साहलाई दरवार प्रवेशका लागि कठोर शर्त राखेका पूर्व राजा ज्ञानेन्द्रले पारसलाई केही समय सुधार गृहमा राख्न चाहेका भएपनि पारस साह भने सुधारगृहममा बस्न तयार नभएपछि बाबु छोराको कुरा अझै नमिलेको बताइन्छ । पारस र हिमानीको सम्बन्ध पनि कानूनी मात्र रहेको टिप्पणी केही समय देखि हुँदै आएको छ ।

पूर्वराजाले आफ्नो विग्रिएको छोरोलाई छवि सुधार गर्न ४ शर्त राखेको दरवारनिकट ती पूर्व सुरक्षा अधिकारीले केही समय अघि नेपाली हेडलाइन्सलाई बताएका थिए । त्यसमध्ये एक शर्त पारसले थाइ प्रेमिका छोडनु पर्ने समेत थियो । राजतन्त्र गुमेपछि पारको पारिवारिक सम्बन्ध विग्रेको मात्र होइन पत्नि हिमानीसँग समेत समस्या भएको थियो । बाबुसँग खुलेर झगडा गर्न पनि नसक्ने तर भनेको मान्न पनि नसक्ने पारस त्यसपछि सिंगापुर हुँदै थाइल्याण्ड गए र त्यहाँ दुर्ब्यसनीको स्तरमै पुगे । उनी त्यहाँ गाँजा सहित पक्राउ परे र जेल समेत गए ।

paras shah arrested in thailand2

अव पारसको जीवनमा हिमानी औपचारिकरुपमा नै पत्निको हैसियतमा रहेकी भएपनि कन्निकाले औपचारिक स्पेस खोजेपछि उनलाई बैबाहिक अवस्थाले समस्या दिन सक्ने देखिएको छ । पारससाहलाई फेसबुकबाट माइ हज्बेण्ड बन्ने कन्निकाले त्यस्तो अधिकार पाइसकेकी हुन् कि बनाउन चाहेकी मात्र हुन् भन्ने प्रश्न समेत उब्जिएको छ । कतिपयले भने पारसको दवावमा नै कन्निकाले २४ घण्टा नवित्दै उक्त पोष्ट डिलिट गरेको अनुमान समेत गरेका छन् ।