आफ्नो अभिनय भन्दा स्टाइल अनि ड्रेसअपमा ध्यान दिने बलिउडकी नायिका सोनम कपुर आफ्नो पिता अनिल कपुरको साथ ‘वेलकम ब्याक’ को प्रिमियर कार्यक्रममा निकै बोल्ड ड्रेसको साथ पुगिन।sonam kapoor with anil kapoor (1)

आफ्नो स्टाइलको लागि बलिउडमा चर्चित यी नायिकाले मौसम, रांझना, खुबरसुरत जस्ता फिल्मा अभिनय गरिसकेकी छिन्। अभिनयमा अन्य नायिका सरह यिनको नाम जोडिदैन। पिता बलिउडकै चर्चित नायक हुनुको फाइदा भने सोनमले बेलाबखत लुटिरहन्छिन।sonam kapoor with anil kapoor (2)

सलमान खानसंग उनको नयाँ फिल्म प्रेम रत्न धन पायोमा मुख्य भुमिकामा अब उनलाई देख्न पाइनेछ।sonam kapoor with anil kapoor (3)

अनिश बाज्मेले निर्देशन गरेको वेलकम ब्याकमा भने यहि शुक्रबार, सेप्टेम्बर ४ को दिन रिलिज भएको छ, जसमा अनिल कपुर, नानापाटेकार को मुख्य भुमिका रहेको छ।