११ मंसिर, काठमाडौं । सुनसरीको धरान उपहानगरपालिका ८ स्थित तीनकुने चेकपोष्ट नजिकै आज दिउँसो पीकअप भ्यानको ठक्करबाट एक दम्पत्तिको मृत्यु भष्एको छ ।

धरानबाट ईटहरी तर्फ जादै गरेको को ४ प ६३१६ नंम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको को १ ज २७१४ नंम्बरको पीक अप भ्यानले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोटरसाईकलमा सवार धरान–१६ का भरतबहादुर सुब्बा र उनकी श्रीमती टिकादेवि सुहाङको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

ठक्कर दिने भ्यानका चालकलाई ईलाका प्रहरी कार्यलय धरानले नियन्त्रणमा लिएको छ ।