१३ माघ, एजेन्सी।

रुसी राष्ट्रपति भ्रष्ट भनि लागेको आरोप राष्ट्रपतिका प्रवक्ताले निराधार भएको बताउँदै प्रमाण पेश गर्न अमेरिकालाई चुनौती दिएका छन्।

valdmir putin sad

अमेरिकी वित्त मन्त्रालयका एडम शुबिनले बीबीसीको प्यानोरमा कार्यक्रममा अमेरिकी सरकार ‘धेरै वर्षदेखि’ भ्ल्यादमिर पुटिनलाई भ्रष्ट मान्दै आएको बताएपछि पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले सो आरोप निराधार र आधिकारिक तवरमा दोषारोपण भएको भन्दै प्रमाण पेश गर्न चुनौति दिएका हुन।

यो अमेरिकाले रुसमाथी पहिलो पटक सिधा आरोप लगाएको घटना मानिएको छ।

अमेरिकाले पुटिनका कयौं सहयोगी माथी प्रतिबन्ध लगाइसकेको छ, तर राष्ट्रपति पुटिन विरुद्ध यस्तो आरोप पहिले लगाएको थिएन।

जब पुटिनले सन् २०१४ मा क्राइमिया युक्रेनबाट अलग गरि रुसमा मिलाउने आदेश दिएका थिए, तब अमेरिकाले रुसका कयौं अधिकारीहरु माथी प्रतिबन्ध लगाएको थियो।

यूरोपीय संघले पनि रुसी कम्पनी र व्यक्तिको विरुद्ध यस्तो प्रतिबन्ध लगाएको थियो।

उक्त समय अमेरिकी सरकारले ऊर्जा क्षेत्रमा राष्ट्रपति पुटिन गरेको लगानी गोप्य गरिएको बताएको थियो।

पुटिनका प्रवक्ता पेस्कोभले प्यानोरमामा लगाइएको सो आरोप गैरजिम्मेदार पत्रकारिताको एक उदाहरण समेत भएको बताए।

यो पनि पढ्नुस्।

यु-१९ विश्वकप क्रिकेट बंगलादेशमा सुरु, नेपालको पहिलो खेल बिहिबार

फरहान र अधुनाको सम्बन्ध टुट्नुको कारण बने दुई नायिका