एक क्रिकेट टिमले बिना कुनै रन २० बलमा सबै विकेट आउट भएर नयाँ रेकर्ड बनाएको छ।

इङ्ल्याण्डको काउन्टी क्रिकेटमा त्यहाँ कै स्थानिय क्राइस्ट चर्च युनिभर्सिटी विरुद्ध ब्यापचाइल्ड क्रिकेट क्लबको पुरै टिम शुन्य रनमा आउट भयो।

केन्टरबरीमा खेलिएको यो खेलमा ब्यापचाइल्ड क्रिकेट क्लबले जित्नको लागि २२१ रन बनाउनु पर्ने थियो। तर कसैले एक रनको पनि खाता खोल्न सकेनन्।

क्राइस्टचर्च युनिभर्सिटी टिमका खेलाडी माइक रोजले भने, ‘हामीलाई विश्वास लागेको छैन, केवल एक खेलाडीले एक रन बनाउनु थियो यस्तो अफसोचजनक रेकर्डबाट बच्न।’

यो भन्दा अघि सन् १९१३ मा समरसेट क्लब ल्यागपोर्ट पनि शुन्य रनमै अलआउट भएको थियो।

सन् २०१४ मा चेशायरको लिग डिभिजन ३ को एक खेलमा वीरल क्रिकेट क्लबले केवल ३ रन बनाउन सकेको थियो। टीममा ११ खेलाडी थिए र एक समय उनीहरुको स्कोर ०-८ थियो।

सन् १९६४ को एक खेलमा केट भिलेजको टिम साल्टवुड क्रिकेट क्लबले २१६ रन बनाएपछि मार्टिन वाल्टर क्लबलाई शुन्य रनमा आउट गरेको थियो।

अन्तराष्ट्रिय टेस्ट क्रिकेटमा सबैभन्दा कम रनको रेकर्ड सन् १९५५ मा न्युजील्याण्डको नाममा छ। न्युजील्याण्डले २६ रन बनाएको थियो।

यो पनि पढ्नुस्।

नेपाल सहित ५ सिकारु देशले बनाएका क्रिकेटका ५ अपत्यारिला रेकर्ड

१२ दिनसम्म चलेको क्रिकेट इतिहासकै सबैभन्दा लामो खेल