१६ फागुन, धनुषा ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफू बाध्यतामा परेर मात्र संविधान जारी गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ धनुषा शाखाको नव निर्मित भवनको उद्घाटन गर्दै पूर्व राष्ट्रपति यादवले पिडा र समर्पणका बीच संविधान जारी गर्नु आफ्नो बाध्यता भएको बताए ।

नेपालको संविधान जारी गर्दै तत्कालिन राष्ट्रपति रामवरण यादव

प्रतिशतको आधारमा संविधान जारी गर्नु नै राष्ट्रको लागि ठूलो भूल भएको उनको भनाई थियो । पूर्वराष्ट्रपति यादवले काठमाण्डौंमा बस्ने राष्ट्रवादी र अन्य स्थानमा बस्ने राष्ट्रघाती हुन भन्ने केही दलको साेंच अतिवादी भएको टिप्पणी गरे ।

विश्वमा कुनै पनि मुलुकमा प्रतिशतको आधारमा संविधान नबनेको भन्दै यादवले ८९ प्रतिशतको बहुमतले ल्याएको संविधान अहिले आएर काम न काजको भएको टिप्पणी गरे ।