२३ चैत, सिन्धुली ।

सिन्धुलीको दुधौंली नगरपालिका–११ को मैनीमा पूजाको प्रसाद खाएका ५० जना विरामी परेका छन् ।

स्थानीय नरसिंहबहादुर खड्काको घरमा लगाइएको पूजाको प्रसाद खाएका छिमेकी र गाउँलेमा एकैसाथ झाडापखाला र ज्वरो देखिएको प्रहरीले जनाएको हो ।

विषाक्त खानाका कारण महामारी फैलिएपछि जिल्ला स्वास्थ्य कार्यालयले त्यसतर्फ स्वास्थ्यकर्मीको टोली पठाएको छ ।

विरामीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । मैना सदरमुकाम सिन्धुलीमाडीबाट पचास किलोमिटर पूर्वमा पर्छ ।