१० पुस, काठमाडौं । नेपाल सरकारका पूर्व सचिव शान्तबहादुर श्रेष्ठको आज बिहान निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको परिवारले जनाएको छ ।

निमोनियाका कारण स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा स्वाइन फ्लुको समेत आशङ्का चिकित्सकले गरेको उनका आफन्त विनोद श्रेष्ठले जानकारी दिए ।

निकै इमान्दार र निष्ठावान् व्यक्तित्व श्रेष्ठले पूर्वी पाल्पासँगै प्रदेश नम्बर ५ को रामपुर क्षेत्र, गण्डकी प्रदेशका तनहुँ –नवलपरासी र स्याङ्जा जिल्लाको शिक्षा, स्वास्थ्य, सडक निर्माणलगायतमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

घिरिङ गाउँपालिका वडा नम्बर २ कटहरे तनहुँ स्थायी घर भएका श्रेष्ठको शव अहिले शिक्षण अस्पताल काठमाडौंँमा राखिएको छ । रासस