२७ पुस, काठमाडौं।

आज पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरि जनस्तरमा मनाईदैछ । पृथ्वी जयन्तीलाई राप्रपा नेपालले राष्ट्रिय एकता दिवसको रुपमा मनाउदैछ । यस अवसरमा राप्रपा नेपालले अपरान्ह राजधानीमा चियापान समारोह आयोजना गरेको छ ।

वि.सं. १७७९ साल पुष्बा २७ गते जन्मिएका पृथ्वीनारायण शाहले विभिन्न टुक्रे राज्यलाइ एकीकरण गरेका थिए । अहिलेको एकीकृत नेपाल निर्माणको सुत्राधारका रुपमा उनको सम्झना हुने गरेको छ । उनीपछिका शासकले एकीकरण अभियानलाइ निरन्तरता दिएर नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा कांकडासम्म पुर्‍याएको इतिहास छ ।

तत्कालिन विस्तारवादी अंग्रेज साम्राज्यको आक्रमणलाई समेत शाहको नेतृत्वमा रहेको सेनाले बिफल पारेको थियो । पृथ्वी नारायणलाइ शाह वंश स्थापित गर्ने राजाका रुपमा चिनिन्छ । यद्यपी भौगोलीक एकीकरण गरेपनि भावनात्मक रुपमा एकीकरण गर्न असफल भएको तथा जितेका स्थानमा अन्य जातजाती तथा भाषभाषीमाथि दमन गर्ने गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ ।

यो पनि पढ्नुस्।

नयाँ दिल्लीको मुटुमा एकै परिवारका तीन सदस्यको हत्या

मोर्चाबाटै यसरी लखेटिंदै छन् राजेन्द्र महतो

भविष्यमा देख्न सकिने भवन, आर्किटेक्टले बनाए डिजाइन