१७ साउन, काठमाडौं ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।

निगमका अध्यक्ष तथा बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्र उपाध्यायले पेट्रोल, डिजेल र मटृीतेलमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा मूल्य घटेको र घटाएपछि पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल र मटृीतेलको ८४ रुपैयाँ ५० पैसा कायम भएको बताए ।

त्यस्तै, बाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमबीच आज भएको परामर्शपछि निगमले सो मूल्य घटाउने निर्णय गरेको हो ।

PETROL-PUMP-INJECTING-PETROL

खाना पकाउने ग्यासको मूल्यमा रु ३५ घटाएको छ । घटेपछि खाना पकाउने ग्यासको मूल्य १४ सय ३५ रुपैयाँ कायम भएको छ ।

निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ भने हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएर ११८ रुपैयाँ कायम गरेको र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ७५ डलर घटाएको निगमका अध्यक्ष उपाध्यायले राससलाई जानकारी दिए ।