१२ असार, काठमाडौं ।
पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने क्षति (प्राविधिक लस) को मात्रामा कमिसन बढाउन व्यवसायीहरुले अनावश्यक दबाब दिएका छन्।

नेपाल आयल निगमले हाल ४ हजार लिटर पेट्रोल थानकोट डिपोबाट पम्पसम्म ढुवानी गर्दा करिब ३५ लिटर क्षति हुने अनुमान गरी सो बराबरको मूल्य समायोजन गरिदिने गरेको छ । त्यस्तै ४ हजार लिटर डिजेल ढुवानी गर्दा करिब २४ लिटर क्षती हुने अनुमान गरि मूल्य समायोजन गरिएको छ।

तर व्यवसायीहरुले भने अब यो मात्रा पेट्रोलमा ८४ र डिजेलमा ६० लिटर (४ हजार लिटर ढुवानी गर्दा) पुर्‍याउनुपर्ने मागसहित दबाब दिएका छन् । आजको कान्तिपुरमा खबर छ ।