७ माघ, सिरहा । हतियार र लागुऔषध बाकेर ससुराली पुगेका एक यूवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका १ का ३१ बर्षिय श्याम किशोर कापर रहेका छन् ।

कापर आफ्नो ससुराली सिरहा नगरपालिका १२ सारश्वर पुगेका बेला पेस्तोल र लागुऔषधसहित पक्राउ परेको हो । स्थानीय पलट यादबसँग विवाद होहल्ला गर्दा घटनास्थलमा प्रहरी पुगेका थिए ।

arrest-lagu-ausad

सोही क्रममा कापरले ससुरा रामवृक्ष कामतीको घरमा लुकाएर राखेको १ थान पेस्तोल र लागुऔषध नाइट्रोजन ट्याबलेट १ सय थानसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका कापरमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ । उनी यसअघि पनि पटक–पटक कर्तव्य ज्यान र हातहतियार सम्बन्धि मुद्दामा पक्राउ परेका थिए ।