२६ फागुन ,परासी। भारतीय नक्कली नोटसहित चार भारतीयलाई इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले पक्राउ गरेको छ ।उनिहरुलाई नक्कली भारतिय नोट साँटेर ठग्दै गर्दा पक्राउ परेका हुन्।  
    नवलपरासीको रुपौलियो र कुडियाको सङ्गमस्थलमा रहेको मदरथानमा हप्ता दिन अघिदेखि लाग्दै आएको मदारबाबा मेलामा पुगेका ती भारतीय नागरिकले स्थानीय एक पसलमा उक्त नोट साट्दै भेटिएका थिए।

    भीडभाडको मौका छौपी नक्कली नोट सटही गर्दै आएका उनिहरुले यस अघि पनि सोही मेलाका विभिन्न पसलमा गरी १४ हजार ६०० भारतीय नक्कली नोट सटही गरेको प्रहरीले जनाएको छ।

    मेलामा पसल व्यवसाय गर्न आउने नेपाली व्यापारीको सामान खरिद गर्ने बजार भारतको भैसालोटन रहेका कारण पनि उनिहरुलाई भारतीय नोट आवश्यक पर्ने भएकाले नेपाली नोटसँग भारतीय नोट सटही गर्ने गरेको बताइएको छ ।

    रु.पांचसयको १२ थान र एक हजारको एक थान गरी कुल सात हजार नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका हुन ।

    पक्राउ पर्नेमा बिहारको पश्चिमी चम्पारण जिल्ला बेतिया गाउँका २० वर्षीय पिन्टु यादव, भेडीहारीका २६ वर्षीय विजय विन, १८ वर्षीय मोटन राय र हरिनगरका २५ वर्षीय बवाली राय रहेका छन् ।