२ चैत, पोखरा ।

पोखराको नागढुङ्गा स्थित एक मनीट्रान्फरमा रकम लुटेर भाग्न खोज्ने एक जना पेस्तोल सहित पक्राउ परेको छ । लुटेरा मध्य दुई फरार छन् ।नागढुङ्गा स्थित सभ्यता मनी ट्रान्परबाट बिहान झण्डै सवा ११ बजे रकम लुटेर भाग्दै गरेका प्रशान्त थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता गुजुसिद्धि ब्रजार्चाले जानकारी दिए ।

तीन जनाको समुहमा आएका लुटेराले हतियार देखाएर मनी ट्रान्सफरबाट झण्डै ६ लाख रुपैया लुटेका थिए ।लुटेको रकम र पेस्तोल सहित सुनसर घर भई पोखराको रामबजारमा बस्ने थापालाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

अन्य दुई जना भाग्न सफल भएको स्थानीले बताउका छन् । अन्यको खाजी भैरहेको प्रहरीले जनाएको छ । लुटेर लैजान लागेको रकम र पेस्तोल सहित पक्राउ गरेको हो ।