१४ मंसिर, लेकसाइड, पोखरा ।

पोखराको लेकसाइडस्थित दिगो पाटनमा एउटा भारतीय बसमा आगजनी भएको छ । यु पी 51T831 नम्बरको भारतीय पर्यटक बसमा आइतबार राति आगजनी भएको हो ।

सडकमा रोकेर राखिएको बसमा राति साढे १ बजेतिर आगजनी भएको प्रहरीले जनाएको छ । आगलागीबाट बसको ७५ प्रतिशत भाग जलेको छ ।

Indian Bus Torched in Pokhara

बसमा आगो कसरी र कसले लगायो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।