१८ चैत, पोखरा ।

पोखराको लेकसाईडस्थित होटल लोन्लीका सञ्चालक विवश पौडेल सहित पाँचजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले हतियार सहति प्रक्राउ गरेको छ । हतियार लुकाई राखेको सूचनाको आधारमा प्रहरीले छापा मार्ने क्रममा पौडेलले आफु सुत्ने कोठामा लुकाई राखेको अवस्थामा एयर गन मोडेलको पेस्तोल नाल १ थानसहित फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

Hatiyar 1

प्रहरीले उनीसँगै पोखराका १८ वर्ष अनिल परियार, १६ वर्षिय हिरासिंह गुरुङ, पोखरा १७ छोरेपाटन बस्ने १८ वर्षिय बलबहादुर विक र सोही ठाँउ बस्ने २१ वर्षिय तेन्जिङ चुण्डु लामा प्रक्राउ गरेका कास्की प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए ।

उनीहरु सबैलाई प्रहरीले हातहतियार तथा खरखजना मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको जनाएको छ ।