२ चैत, काठमाडौं । पोखरामा आज बेलुकी भूकम्प गएको छ । बेलुकी ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले आसापास केन्द्र भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का महशुस गरेपछि रातको बिचमा पनि मानिसहरु घरबाहिर निस्किएका थिए । कास्कीसहित बागलुङ, पर्वत, लमजुङसहित मकवानपुरसम्म पनि भूकम्पको धक्का महशुस भएको थियो । भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन ।