१२ जेठ, पोखरा ।

पोखरा–लेखनाथ महानगरपालिका–३२ को वडाध्यक्षमा नेपाली काँग्रेसका अक्कलबहादुर कार्की १७ हजार ६९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्वी नेकपा(एमाले)का खम्बबहादुर पुनले १६ हजार ८० मत पाएका छन् ।

वडाको महिला सदस्यमा एमालेकी विष्णुमाया धमला, दलित महिला सदस्यमा सुनमाया नेपाली, खुल्ला सदस्यमा विष्णुप्रसाद तिवारी र खुल्ला सदस्यमा काँग्रेसका धर्मबहादुर बस्नेत निर्वाचित भएका छन् ।

त्यस्तै वडा नं ३३ मा नेकपा(एमाले)को समूह नै विजयी भएको छ । सो वडाको वडाध्यक्षमा एमालेका शिवप्रसाद आचार्य २३ हजार ७३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोजराज आचार्यले १७ हजार ६९ मत ल्याएका थिए ।

महिला सदस्यमा शान्तिदेवी आचार्य, दलित महिला सदस्यमा शोभा सर्किनी, खुल्ला सदस्यमा लीलबहादुर श्रेष्ठ र दीपकराज लामिछाने निर्वाचित भएका छन् । रासस