१९ माघ, काठमाडौं ।

कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका उपसभापति रामचन्द्र पौडेललाई मनाउन सभापति सुशील कोइरालाले आकर्षक प्रस्ताव राखेका छन् ।

सभापतिका अर्का उम्मेदवार वरिष्ठ नेता शेरबहादुर देउवा पनि क्षेत्रीय अधिवेशनपछि पौडेललाई आकर्षक र सम्मानजनक प्रस्ताव राख्ने तयारीमा रहेको छ ।

पौडेलनिकट श्रोतका अनुसार सभापति कोइरालानिकट नेताहरुले पौडेललाई वरिष्ठ उपसभापति र प्रधानमन्त्रीमा सुनिश्चित गर्ने प्रस्ताव राखेका छन् । राजधानी दैनिकमा समाचार छ ।