२१ फागुन, काठमाडौं ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशन उद्घाटन सत्र निकै अस्तव्यस्त देखिन्थ्यो ।कार्यक्रम सञ्चालक निकै अलमलमा परे ।

हरेक कार्यक्रम शुरु गदर्जा शहीदहरुप्रति सम्मान र राष्ट्रियगानबाट शूरु गर्ने परम्परा रहेको छ । तर, त्यसलाई ख्यालनै गरिएन ।

congress mahaadhivesan prachanda sher bahadur ram chandra kp oli

शुरुमा गाउनुपर्ने राष्ट्रिय गान बनाउँदा बसेका सबैले उठन नै भ्याएनन् । महाधिवेशनमा शुभकामना दिन आएका स्वदेशी एवं विदेशी पाहुनाहरु काक्रक्रम सञ्चालनमा देखिएको अलमल र अस्तव्यस्तताप्रति कानेखुशी गरिरहेका थिए ।

निर्धारित समयभन्दा ढिलो शुरु भएको कार्यक्रमको शूरुमाका पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेल मञ्चमा देखिए । कार्यक्रम शुरुभएको आधा घण्टापछि सभापतिमा उम्मदवारी घोषणा गरेका देउवा आँउदा कार्यकर्ताले ताली बजाएर स्वागत गरेका थिए ।

कार्यक्रममा सहभागी हुन आएका अतिथीहरुलाई कांग्रेसले सामानय व्यढाज र खादासमेत व्यवस्था गरेको थिएन ।

महाधिवेशनमा सभापतिका प्रत्यासी पौडेल र देउवाले हात मिलाउन मानेनन् । यस्तै देउवाले कार्यवहाक सभापति पौडेललाइ सहितका नेतालाई भाषणमा सम्बोधन गरे पनि पौडेलले भने देउवालाई सम्बोधन नै गरेनन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।