१७ मंसिर, रोल्पा ।
जनताले निर्वाचित गराएर राज्यमा प्रमुख अंगसम्म नेताहरुलाई पु-याए पनि जनभावना अनुरुप काम नगरेको भन्दै रोल्पा र प्यूठानका स्थानीय आक्रोसित भएका छन् । संविधान संशोधन मार्फत दुई जिल्लालाई प्रदेश नं. ४ मा समावेश गर्न लागेको भन्दै उक्त विद्ययक फिर्ता गर्न माग गरेका छन् । दैनिक जसो बन्द, कोण सभा, अन्तरक्रिया तथा छलफल हुँदै आएका छन् । प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।

बुटवलमा प्रदर्शनकारी र प्रहरीबीच झडप, ४ घाइते
५ नम्बर प्रदेश फुटाउने निर्णय विरुद्ध सडकमा ओर्लिए जनता, ठाउँ ठाउँमा बन्द

आज बुटवलमा हुन गइरहेको बृहत विरोध प्रदर्शन कार्यक्रममा प्यूठानबाट नेकपा एमाले, कांग्रेस र उद्योगी व्यवसायीका अगुवा नेताहरु सहभागी हुँदैछन् । त्यस्तै रोल्पाका एमाले, कांग्रेस र राष्ट्रिय जनमोर्चाका नेताहरु बुटवल प्रस्थान गरेका छन् ।प्यूठानका ११ बजार इलाकाहरुमा आज विरोध सभा तथा -याली निकाल्ने कार्यक्रम छ । प्यूठानका संयुक्त विद्यार्थी संगठनहरुले उच्च माध्यामिक विद्यालयहरुमा विरोध कार्यक्रमको आयोजना गरेका छन् ।नेकपा एमालेका सांसद तथा सचेतक गोकुल घर्तिले कुनै पनि हालतमा संविधान संसोधन हुन नदिने बताएका छन् ।

pradesh-andolan-pyuthan-rolpa-1

उनले विदेशीको इशारामा सरकार अघि बढेको र सोही अनुरुप संविधान संसोधनको प्रस्ताव दर्ता गरिएको आरोप लगाए । विहिवार रोल्पाको चतुर्भुजमा आयोजित संयुक्त विरोध सभालाई सम्वोधन गर्दै उनले भने, ‘जनताको भावना बुझ्ने पार्टी एमाले भएकाले आन्दोलनको नेतृत्व गर्छाै सरकारलाई प्रस्तावित विद्येयक फिर्ता गराएरै छाड्छौं ।’नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति खडकबहादुर खत्रीले रोल्पाली जनताले राष्ट्रपति बाहेक सवै सर्वाेच्च निकायमा प्रतिनिधित्व गराइ सकेको बताए ।

pradesh-andolan-pyuthan-rolpa-4

‘हामीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरु बनायौं ।’ ,आक्रोस पोख्दै उनले भने, ‘आखिरि युद्धले हामीलाई नै सतायो, र अहिले गणतान्त्रिक संविधानले पनि ।’ कांग्रेस पार्टीकै नेताहरु पनि आफ्नो निर्वाचन क्षेत्र सुनिश्चित गर्दै अरुलाई लडाउन लागेकोमा दुःख व्यक्त गरे । नेताहरुसँग टेलिफोनमा कुराकानी भएको भन्दै उनले भने, ‘दउवा दाईले कैलाली, कञ्चनपुर टुक्राउन चाहनुहुन्न, सिटौला दाईले झापा, मोरङ र पौडेल दाईले कास्की, तनहुँ, चितवन टुक्राउन चाहनुहुन्न ।’दुवै जिल्लाका संघर्ष समितिले आवश्यक परेमा नवलपरासी र बर्दिया पुगेर पुर्व पश्चिम राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् ।

pradesh-andolan-pyuthan-rolpa-3

मुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भुमिका दुई जिल्लावासीले गरेको भन्दै विवाद रहित प्रदेशमा सरकारले आगो सल्लाएको बताएका छन् । राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष कृष्ण खड्काले बुद्ध जन्मिएको प्रदेश, स्वर्गद्धारी भएको प्रदेशलाई सरकारले जिस्काएको बताए । आन्दोलनको आँधिवेरी श्रृजना गर्ने उनले बताए ।

pradesh-andolan-pyuthan-rolpa-2